धादिङ । धादिङमा आज २९ जनामा कोरोना सङ्क्रमण पुष्टि हुदाँ ६५ जना निको भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लाको रुवीभ्यालि गाउँपालिकामा १५,धादिङ अस्पतालमा ९ जना र धुनिबेशी नगरपालिकामा ५ जनागरी जिल्लाका २९ जनामा कोरोना पोजिटिभ देखिएको छ। मंगलबार धादिङमा एकसय संक्रमित थपिएका थिए ।
जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या ७ हजार ९१३ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार १७९ पुगेको छ भने सक्रिय केश ५९२ रहेको छ ।
संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा १७, संस्थागत आइसोलेसनमा १८ र होम आइसोलेसनमा ५५७ जना रहेका छन्।यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ।