शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २८३८ जनामा कोरोना संक्रमण, १४७५ जना संक्रमणमुक्त, ३० को मृत्यु

नेपालमा थप २८३८ जनामा कोरोना संक्रमण, १४७५ जना संक्रमणमुक्त, ३० को मृत्यु

नागरिक पाटी

६, श्रावण २०७८
  • 3.9K
    SHARES
  • नेपालमा थप २८३८ जनामा कोरोना संक्रमण, १४७५ जना संक्रमणमुक्त, ३० को मृत्यु

    धादिङ । देशभर आज थप २ हजार ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज देशभरका प्रयोगशालाबाट ८ हजार ७१५ जनाको पीसीआर गर्दा १९ सय १८ जना र ३ हजार ९०१ जनाको एन्टिजेन परिक्षणमा ९२० गरी कुल २ हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    मंगलबार मात्रै ३ हजार १०८ संक्रमित थपिएका थिए । यो सँगै हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १४ सय ७५ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ।

    सक्रिय केश २६ हजार ८ सय ३२ जनामा आईपुगेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९४ दशमलव ६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६३७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - १८:२०:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology