धादिङ । देशभर आज थप २ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज देशभरका प्रयोगशालाबाट ९ हजार १२२ जनाको पीसीआर गर्दा १८ सय ५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेन परिक्षणमा ८५९ गरी कुल २ हजार ७१४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार मात्रै २ हजार ८३८ संक्रमित थपिएका थिए । यो सँगै हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १२ सय ८८ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ३७ हजार ९० पुगेको छ ।
सक्रिय केश २६ हजार ५ सय ५६ जनामा आईपुगेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६६१ पुगेको छ ।