शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ७० जनामा कोरोना संक्रमण, एकको मृत्यु

धादिङमा थप ७० जनामा कोरोना संक्रमण, एकको मृत्यु

नागरिक पाटी

७, श्रावण २०७८
  • 5.0K
    SHARES
  • धादिङमा थप ७० जनामा कोरोना संक्रमण, एकको मृत्यु

    धादिङ । धादिङका थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको धुनिबेशीमा २५,रुवीभ्यालीमा ११, त्रिपुरासुन्दरीमा ७, ज्वालामुखीमा ७,धादिङ अस्पतालमा ७, गंगाजमुनामा ५,निलकण्ठमा ४, गल्छीमा ३ जना र बेनिघाट रोराङमा १ जना गरी जिल्लाका ७० जनामा कोरोना पोजिटिभ देखिएको छ।

    images
    images

    जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या ७ हजार ९८३ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज ४१ संक्रमित निको भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार २२० पुगेको छ भने सक्रिय केश ६२० रहेको छ ।

    संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा १६, संस्थागत आइसोलेसनमा १३ र होम आइसोलेसनमा ५९१ जना रहेका छन्।

    यसैगरी आज धुनिबेशी नगरपालिकाका ६१ बर्षीय पुरुषको मृत्यु भएसंगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ। जिल्लामा आज स्वाब संकलन भएको छैन। जिल्लाभर १९५ एन्टिजेन परिक्षण मध्ये ७० पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - १८:१२:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology