धादिङ । धादिङको धुनिबेशीमा कोरोनाका कारण ६१ वर्षका १ जनाको मृत्य भएको छ । यो सँगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ। यस्तै धुनिबेशीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले बताएको छ ।
यसैबिच जिल्लाभर भने थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धुनिबेशीमा २५ सहित रुवीभ्यालीमा ११, त्रिपुरासुन्दरीमा ७, ज्वालामुखीमा ७,धादिङ अस्पतालमा ७, गंगाजमुनामा ५,निलकण्ठमा ४, गल्छीमा ३ जना र बेनिघाट रोराङमा १ जना गरी जिल्लाका ७० जनामा कोरोना पोजिटिभ देखिएको छ।
जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या ७ हजार ९८३ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज ४१ संक्रमित निको भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार २२० पुगेको छ भने सक्रिय केश ६२० रहेको छ ।
संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा १६, संस्थागत आइसोलेसनमा १३ र होम आइसोलेसनमा ५९१ जना रहेका छन्।