धादिङ । धादिङमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार १५ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा १२, खनियाबास गाउँपालिकामा ९, धादिङ अस्पतालमा ८ जना, गजुरी गाउँपालिकामा २ जना र गल्छी गाउँपालिकामा १ जना गरी जिल्लाका ३२ जनामा कोरोना पोजिटिभ देखिएको छ । बिहिबार धादिङमा ७० संक्रमित थपिएका थिए ।
आज ६१ संक्रमित निको भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार २८१ पुगेको छ भने सक्रिय केश ५९१ रहेको छ। संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा १४ जना, संस्थागत आइसोलेशनमा ६ जना र होम आइसोलेशनमा ५७१ जना रहेका छन् ।
यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ। सिद्धलेक गाउापालिकामा १४ स्वाब संकलन भएको छ भने जिल्लाभर १३० जनाको एन्टिजेन परिक्षण मध्ये ३२ जना पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।