धादिङ । धादिङका थप २४ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको सिद्धलेकमा ६,गल्छीमा ६,ज्वालामुखीमा ४,गंगाजमुनामा ३,बेनिघाट रोराङमा २,खनियाबास गाउँपालिका, निलकण्ठ र धुनिबशसी नगरपालिकामा १÷१ जनागरी जिल्लाका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ।
शनिबार धादिङमा ४४ संक्रमित थपिएका थिए । यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ८३ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज ६४ संक्रमित निको भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार ४१३ पुगेको छ भने सक्रिय केश ५२७ रहेको छ ।
संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा १४, संस्थागत आइसोलेसनमा ६ र होम आइसोलेसनमा ५०७ जना रहेका छन्। यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ। आज निलकण्ठमा ६२ र गजुरीमा ९ गरी जिल्लामा ७१ स्वाब संकलन भएको छ भने जिल्लाभर ५९ एन्टिजेन परिक्षण मध्ये १८ पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।