धादिङ । धादिङमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितभन्दा निको हुने बढी रहेका छन् । आज २६ संक्रमित थपिएकोमा ७२ जना निको भएका छन्। स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको बेनिघाट रोराङमा ७, नीलकण्ठ नगरपालिकामा ५,ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ४, गंगाजमुनामा ३ र धुनिबेशी नगरपालिकामा ३ गरी जिल्लाका २६ जनामा कोरोना पोजिटिभ देखिएको छ।
यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार २८४ पुगेको छ भने जिल्लाको सक्रिय केश ५५३ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार ५८८ पुगेको छ।संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ५३६ जना रहेका छन्। यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।