शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २५६८ जनामा कोरोना संक्रमण, २०२० जना संक्रमणमुक्त

नेपालमा थप २५६८ जनामा कोरोना संक्रमण, २०२० जना संक्रमणमुक्त

नागरिक पाटी

१७, श्रावण २०७८
  • 3.4K
    SHARES
  • नेपालमा थप २५६८ जनामा कोरोना संक्रमण, २०२० जना संक्रमणमुक्त

    धादिङ। पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ६ लाख ९७ हजार ३ सय ७० जनामा र एन्टिजेन ६१ हजार ९ सय ३७ विधिबाट जनामा कोरोना भायरसको संक्रमण पुष्टि भएको छ ।

    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ८ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ९८ रहेको छ ।

    हाल ६ सय ७७ जनाको आईसीयु र १ सय ६९ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - १७:२१:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology