धादिङ । धादिङमा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ७१ जना संक्रमणमुक्त भएको छ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको गंगाजमुनामा १२,नीलकण्ठमा ६,ज्वालामुखीमा ५, धुनिबेशीमा ४, गल्छीमा २ जना र नेत्रावती डवजोङमा १ गरि जिल्लाका ३० जनामा कोरोना केश देखिएको छ। हिजो बिहिबार धादिङमा ४८ संक्रमित थपिएका थिए ।
यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ५९२ पुगेको छ भने जिल्लाको सक्रिय केश ४३५ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार १४ पुगेको छ।
संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ५ जना र होम आइसोलेसनमा ४३० जना रहेका छन्। यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।