धादिङ । धादिङमा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेकाको खोप लगाईने भएको छ। स्वास्थ्य कार्यालय धादिङका अनुसार सरकारले निर्धारण गरेको लक्षित समुहलाई गत फागुनको २३ गतेदेखी २९ गतेसम्म कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाहरुलाई साउन ३१ र ३२ गते दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिन लागिएको हो ।
यसअघि कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा ‘कोभिडशिल्ड’ को पहिलो डोज २२ हजार १३८ जनाले लगाएका छन् भने दोस्रो डोज ३ हजार ११३ जनाले लगाएका छन्। ‘कोभिशिल्ड’ खोपको दोस्रो डोज लगाउन बाँकी १८ हजार ९०५ जनालाई एस्ट्राजेनेकाको खोप दिन लागिएको हो ।
यसैबिच आज भेरोसेलको दोस्रो मात्रा लगाईएको छ भने भोलि पनि छुटेकालाई भेरोसेल खोप लगाईने जनाईएको छ ।