धादिङ । धादिङका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार शनिबार जिल्लाको धादिङ अस्पतालमा ६, त्रिपुरासुन्दरीमा ३, नीलकण्ठ,गल्छी र रुवीभ्यालीमा १/१ जनागरी जिल्लाका १२ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ७९७ पुगेको छ भने जिल्लाको सक्रिय केश ३०३ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३७ जना संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ३५१ पुगेको छ ।
संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा १२ जना र होम आइसोलेसनमा २९१ जना रहेका छन् ।यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।