शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाद्धारा ८२ करोड ९१ लाख रुपैँया बराबरको बजेट विनियोजन

गल्छी गाउँपालिकाद्धारा ८२ करोड ९१ लाख रुपैँया बराबरको बजेट विनियोजन

शिवराज आचार्य

३१, श्रावण २०७८
  • 13.3K
    SHARES
  • गल्छी गाउँपालिकाद्धारा ८२ करोड ९१ लाख रुपैँया बराबरको बजेट विनियोजन

    बैरेनी, धादिङ । गल्छी गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि ८२ करोड ९१ लाख १५ हजार ४ सय ३३ रुपैँया बराबरको बजेट विनियोजन गरिएको छ । गाउँपासलिकाको छैठौँ गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि उक्त रकम बराबरको बजेट विनियोजन गरिएको हो ।

    images
    images

    आइतबार गाउँ सभा मार्फत उपाध्यक्ष राधा तिमल्सिनाले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी नगरको आर्थिक वर्षको बजेट विनियोजन गर्नुभएको हो ।

    IMG_4406.JPG


    प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ रु. ३१ करोड ४६ लाख ४२ हजार १२ रुपैयाँ, संघीय वित्तीय समानीकरण, सशर्त, विशेष र समपुरक तर्फ रु.४२ करोड ८७ लाख २३ हजार रहेको छ । त्यस्तै प्रदेश सरकारको समानीकरण अनुदान,राजस्व बाँडफाँड, सशर्त, समपुरक,विशेष अनुदान ७ करोड ९७ लाख ५० हजार ४ सय २१ रुपैयाँ रहेको छ । जिल्ला समन्वय समितिबाट ६० लाख गरी जम्मा आय रु. ८२ करोड ९१ लाख १५ हजार ४ सय ३३ रुपैयाँ आय अनुमान गरिएको छ ।

    IMG_4397.JPG
    क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ ४ करोड १२, सामाजिक विकास क्षेत्र तर्फ २३ करोड ५२ लाख ३२ हजार विनियोजन गरिएको छ ।


    यस्तै पुर्वाधार विकास क्षेत्र तर्फ २७ करोड ९६ लाख १२ हजार ४ सय ६६ , सुशासन, ंसथागत विकास तथा सेवा प्रवाह क्षेत्र तर्फ १४ करोड २२ लाख ७५ हजार ९ सय ९९ रुपैया, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९५ लाख। व्डा गत बजेट ६ करोड ६० लाख, भुक्तानि दिन बाँकी १ करोड ५७ लाख ९१ हजार ४ सय ६८ रुपैयाँ र प्रदेश तथा जिल्ला समन्वय समिति दहत्तर बहत्तर रकम फिर्ता ३ करोड ९५ लाख ३ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - १९:४२:१७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology