शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३४५१ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

नेपालमा थप ३४५१ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

नागरिक पाटी

३२, श्रावण २०७८
  • 4.5K
    SHARES
  • नेपालमा थप ३४५१ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

    धादिङ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ नयाँ संक्रमित फेला परेका छन् ।देशभरका प्रयोगशालाबाट १० हजार ९३ जनाको पीसीआर गर्दा २५ सय ६६ जना र ५ हजार ५१८ जनाको एन्टिजेन परिक्षणमा ८८५ गरी कुल ३ हजार ४५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    आईतबार मात्रै २ हजार २१२ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख १० हजार ८५३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २४ सय ५८ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।

    सक्रिय केश ३९ हजार ३७१ रहेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९३ दशमलव २ प्रतिशत रहेको छ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दश हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - १८:१८:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology