धादिङ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार २७४ नयाँ संक्रमित फेला परेका छन्।देशभरका प्रयोगशालाबाट ११ हजार ५६५ जनाको पीसीआर गर्दा २४ सय ५६ जना र ६ हजार १२४ जनाको एन्टिजेन परिक्षणमा ८१८ गरी कुल ३ हजार २७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमबार मात्रै ३ हजार ४५१ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा १९ सय २९ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ८७ हजार ६९ पुगेको छ।सक्रिय केश ३९ हजार ८७१ रहेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९३ दशमलव २ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २७ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दश हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।