धादिङ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटविरुद्ध आज बुधबार सुनुवाइ हुँदैछ । आफूलाई हटाएर घिसिङलाई नियुक्त गरिएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्चमा गत सोमबार रिट दायर गरेका थिए ।
उनले वारेसमार्फत सरकारको निर्णयलाई चुनौती दिँदै घिसिङको नियुक्ति निर्णय बदर हुनुपर्ने अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर गरेका थिए ।