शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ९ जनामा कोरोना संक्रमण

धादिङमा थप ९ जनामा कोरोना संक्रमण

नागरिक पाटी

३, भाद्र २०७८
  • 5.3K
    SHARES
  • धादिङमा थप ९ जनामा कोरोना संक्रमण

    धादिङ । धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको ज्वालामुखीमा ४ जना, नीलकण्ठमा २ जना,गजुरीमा २ जना र गंगाजमुनामा १ जनागरि जिल्लाका ९ जनामा कोरोना पोजिटिभ देखिएको छ।बुधबार २० संक्रमित थपिएका थिए।

    images
    images

    यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ९१३ पुगेको छ भने जिल्लाको सक्रिय केश २६३ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा २५ जना संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ५०७ पुगेको छ ।

    संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ८ जना र होम आइसोलेसनमा २५५ जना रहेका छन् ।यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ। जिल्लाभर आज २९ एन्टिजेन परिक्षण मध्ये ७ पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - १८:३५:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology