धादिङ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७५ नयाँ संक्रमित फेला परेका छन्।देशभरका प्रयोगशालाबाट ११ हजार ९४६ जनाको पीसीआर गर्दा २३ सय ११ जना र ४ हजार ४९२ जनाको एन्टिजेन परिक्षणमा ७७४ गरी कुल ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख २० हजार ६५० पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२६ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ।
हाल सक्रिय केश ४० हजार पाँचसय पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९३ दशमलव १ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३३ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दश हजार ४२९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।