शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बर्षाद्धारा यूरोप महिला संयोजक पदमा उम्मेदवारी

बर्षाद्धारा यूरोप महिला संयोजक पदमा उम्मेदवारी

विष्णु ठकुरी

४, भाद्र २०७८
  • 5.3K
    SHARES
  • बर्षाद्धारा यूरोप महिला संयोजक पदमा उम्मेदवारी

    लामो समयदेखी प्रबासमा रहेर प्रबासी नेपालीहरूको सुख दुखलाई नजिकबाट बुझेकी प्रबासी नेपाली हुन वर्षा खड्का । कुनै समय नेपाली सिनेमा क्षेत्रमा वाहवाही कमाएकी बर्षाको वजन र चर्चा आज पनि नेपाली सिनेमा क्षेत्रबाट हराएको छैन ।

    images
    images

    नेपाली सिनेमाकी चर्चित यि नायिका सामाजिक अभियन्ता र नेपाली कला, संगीत र चलचित्र क्षेत्रलाई यूरोपमा चिनाउन मनदेखी नै लागि परेकी छिन । अब यिनै बर्षाले बृहत र नौलो सोच अनि उद्देश्यका साथ अक्टोबरमा हुन लागेको गैह्र आबासीय नेपाली संघको नयां नेतृत्वको चुनाबमा २०२१-२०२३ का लागि युरोप महिला संयोजक पदमा उम्मेदवारी दिने भएकी छन ।

    बर्षाको यो उम्मेदवारीलाई यूरोपबाट साथ र समर्थन पनि मिलेको छ । बर्षा हाल गैह्र आबासीय नेपाली संघ नेदरल्याण्डको महिला उपाध्यक्ष पदमा छिन । यो पदमा रहेर उनले गरेका काम, प्रबासी नेपालीहरूलाई दिएको साथ र हातको यतिबेला प्रबासमा राम्रै चर्चा हुने गरेको छ । बर्षाको बिगतको काम र उनले निभाएको भूमिका हेर्दा यूरोप महिला संयोजकमा उनलाई जिताउंनै पर्ने चर्चा शुरू भएको छ ।

    हाल इनासकी सल्लाहकार र नेपाल म्यूजिक फाउण्डेसन नेदरल्याण्की अध्यक्ष बर्षा खड्काले सन २०२१-२०२३ को लागि घोषणा गरेको यूरोप महिला संयोजक पदलाई सकारात्मक रूपमा लिइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - १८:२२:४९ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology