धादिङ । धादिङमा कोरोना भाइरसबाट हुने दैनिक संक्रमण केही दिनयता कम हुन थालेको छ। अहिले जिल्लामा संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढ्न थालेको छ।
पछिल्लो २४ घण्टामा जिल्लाका सात जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ५५ संक्रमित निको भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।शुक्रबार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धादिङ अस्पतालमा ४ जना, बेनिघाट रोराङमा २ जना र धुनिबेशीमा १ जनागरी जिल्लाका ७ जनामा कोरोना पोजिटिभ देखिएको छ।
यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ९२० पुगेको छ भने जिल्लाको सक्रिय केश २१५ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ५५ जना संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ५६२ पुगेको छ ।
संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ९ जना र होम आइसोलेसनमा २०६ जना रहेका छन् ।यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ।