धादिङ । पछिल्लो २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय तीन जनाको पीसीआर र पाँच हजार तीन सय ७२ जनाको एन्टिजेन गरी १३ हजार ७५ जनाको नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्क्रमण कुल परीक्षणमा १५ दशमलव ८६ प्रतिशतमा हो ।
आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २५ हजार सात सय २२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९५ हजार नौ सय २५ जना पुगेको छ । थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ८५ जना पुगेको छ ।