धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा जिल्लाका २३ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ २१ संक्रमित निको भएका छन्।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज धादिङ अस्पतालमा १५ जना,त्रिपुरासुन्दरीमा ३,गजुरीमा २, सिद्धलेकमा २ जना र धुनिबेशीमा १ जनागरि जिल्लाका २३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।शनिबार छ संक्रमित थपिएका थिए।
यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ९४९ पुगेको छ भने हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ६०८ पुगेको छ । हाल जिल्लाको सक्रिय केश १९८ रहेको छ। यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ।