धादिङमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार धादिङमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय भन्दा कम रहेको छ । आज २० संक्रमित डिस्चार्ज भएसँगै जिल्लाको सक्रिय केश ९५ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
पछिल्लो २४ घण्टामा रुवीभ्याली ,ज्वालामुखी र गंगाजमुनामा २÷२ जना र सिद्धलेकमा १ जना गरी ७ जनामा कोरोना पोजिटिभ देखिएको छ। यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ९९७ पुगेको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ७५९ पुगेको छ ।