शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण

नेपालमा थप २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण

नागरिक पाटी

१४, भाद्र २०७८
  • 3.3K
    SHARES
  • नेपालमा थप २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण

    नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार दुई सय ३३ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १४ दशमलव १३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४४ हजार चार सय ८८ पुगेको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय आठ जना सङ्क्रमित निको भएका छन् । योसहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १४ हजार पाँच सय २० पुगेको छ ।
    यही अवधिमा थप १६ जनासहित कोरोना सङ्क्रमणबाट अहिलेसम्म १० हजार सात सय ३० जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा ३५ हजार आठ सय ७४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - १८:१८:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology