धादिङमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या नौ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १४ संक्रमित थपिए सँगै संक्रमितको सङ्ख्या नौ हजार ८ पुगेको हो।
आज नीलकण्ठ नगरपालिकामा ९ जना, ज्वालामुखी गाउँपालिकामा ३ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा २ जनागरि जिल्लाका १४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यस्तै आज ७ संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ७७५ पुगेको छ भने सक्रिय केश ९५ रहेको छ ।