शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंमा निषेधाज्ञा खुकुलो, विद्यालयबाहेक सबै क्षेत्र खुला

काठमाडौंमा निषेधाज्ञा खुकुलो, विद्यालयबाहेक सबै क्षेत्र खुला

नागरिक पाटी

१६, भाद्र २०७८
  • 3.5K
    SHARES
  • काठमाडौंमा निषेधाज्ञा खुकुलो, विद्यालयबाहेक सबै क्षेत्र खुला

    जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो ।

    images
    images

    जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा विद्यालयबाहेक अरु क्षेत्र स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न अनुमति दिइएको छ । चाडपर्व मनाउन छुट दिइएको छ ।

    प्रशासनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन र अनावश्यक भिडभाड गर्नबाहेक अन्य क्षेत्र खुला गरेको हो । पछिल्लो निषेधाज्ञामा चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन भनिएको छ ।

    त्यसैगरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने भनिएको छ ।

    स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्मबाहेक गर्न पाउने भनिएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने भनिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण दर स्थिर रहेकाले निषेधाज्ञा केही खुकुलो बनाइएको बताए ।

    241116032_1958062024367448_5307276539855958208_n.jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - १५:४४:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology