शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नागरिक पाटी

१६, भाद्र २०७८
  • 3.5K
    SHARES
  • देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    आज बुधवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज निको हुनेसहित अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १९ हजार तीन सय ३६ पुगेको छ ।

    images
    images


    यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ३५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४८ हजार दुई सय चार पुगेको छ ।


    यही अवधिमा थप २० जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात ७० पुगेको छ । नेपालमा अहिले ३४ हजार एक सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - १९:०५:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology