शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गर्भवती र सुत्केरीलाई पनि कोरोना विरुद्धको खोप सुरक्षित

गर्भवती र सुत्केरीलाई पनि कोरोना विरुद्धको खोप सुरक्षित

नागरिक पाटी

२०, भाद्र २०७८
  • 5.3K
    SHARES
  • गर्भवती र सुत्केरीलाई पनि कोरोना विरुद्धको खोप सुरक्षित

    कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन ।

    images
    images

    निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ । यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो ।

    गर्भवतीलाई कहिले र गर्भ बसेको कति औँ महिनामा खोप दिने भन्नेबारे छिट्टै निर्णय हुने उहाँले बताउनुभयो । खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीका अनुसार ३५ वर्षभन्दा माथिका गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, मोटोपन छ भने जोन्सन एण्ड जोन्सन खोप दिन सिफारिस गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - १०:३७:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology