धादिङमा ३५ एनटीजेन परिक्षण मध्ये ६ जनाको कोरोना पोजिटिभ देखिएको छ। स्वास्थ्य कार्यालय धादिङले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार नीलकण्ठमा ३ र गंगाजमुनामा ३ गरि आज जिल्लामा ६ जनामा कोरोना पोजिटिभ देखिएको हो।
शनिबार ९ संक्रमित थपिएका थिए ।यो सँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या नौ हजार ४७ पुगेको छ। यस्तै आज १७ संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ८३५ पुगेको छ भने सक्रिय केश ७४ पुगेकोे छ।