पछिल्लो २४ घण्टामा धादिङमा थपिने संक्रमित र निको हुने संक्रमित बराबरी रहेका छन्।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज गजुरीमा १ र धुनिबेशीमा १ गरि जिल्लामा २ जनामा कोरोना पोजिटिभ देखिएको छ भने दुई जना संक्रमित निको भएका छन्।मंगलबार ५ संक्रमित थपिएका थिए।
यो सँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या नौ हजार ६७ पुगेको छ भने जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ८४४ पुगेको छ। सक्रिय केश ८५ रहेको छ।