शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा १ हजार ७ सय ६० जनामा कोरोना सङ्क्रमण

२४ घण्टामा १ हजार ७ सय ६० जनामा कोरोना सङ्क्रमण

नागरिक पाटी

३०, भाद्र २०७८
  • 3.3K
    SHARES
  • २४ घण्टामा १ हजार ७ सय ६० जनामा कोरोना सङ्क्रमण

    नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार सात सय ६० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४४ प्रतिशतमा सङ्क्रमण देखिएको छ । थपिएकासहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६८ हजार ६ सय ६५ पुगेको छ ।

    थप एक हजार दुई सय २० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४३ हजार पाँच सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै यही अवधिमा सात जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ९१ पुगेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - १९:५१:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology