शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका २ सहित नेपालमा थप ८ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

धादिङका २ सहित नेपालमा थप ८ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नागरिक पाटी

१०, आश्विन २०७८
  • 3.0K
    SHARES
  • धादिङका २ सहित नेपालमा थप ८ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ ।  १३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ ।
    यस्तै एक हजार दुई सय ७९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ ।
    यही अवधिमा थप नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् ।
    यस्तै एक लाख दुई हजार तीन सय एक मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख ३६ हजार चार सय एक र एक मात्रा लगाउनेको सङ्ख्या ६६ लाख नौ हजार दुई सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images

    यसै गरी धादिङमा आइतबार दुई कोरोना संक्रमित थपिएका छन्। २३ जनाको एण्टिजेन परिक्षण मध्ये ज्वालामुखीमा १ र धादिङ अस्पतालमा १ गरि २ पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यस्तै आइतबार थप तिन संक्रमित निको भएका छन्। हालसम्म जिल्लामा संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९४१ रहेको छ।जिल्लामा अब कोरोनाका सक्रिय संक्रमित १८ जना रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - १९:०५:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology