गल्छी । धादिङको गल्छीमा बालमैत्री स्थानीय शासनका बारेमा अभिमुखिकरण कार्यक्रम बुधबारबाट सुरू भएको छ । जनप्रतिनिधि तथा सरोकारवालालाइ बालमैत्री स्थानीय शासन नीतिगत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धि गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम बुधबारबाट सुरू भएको हो । कार्यक्रममा बालमैत्री स्थानीय शासनको अबधारणा सम्बन्धि कार्यक्रममा जानकारी गराईएको थियोे ।

कार्यक्रम बालमैत्री स्थानिय शासन विज्ञ तथा प्रशिक्षक विष्णु प्रसाद चौबेले समुक्त राष्ट्र सघं र नेपाल सरकारले बाल बालिकाका क्षेत्रमा काम गर्न बनेको कानुन का बारेमा जानकारी गराउनु भएको थियो ।
२०६८ असार २१ गते नेपालमा पहिलो पटक बालमैत्री स्थानीय शासन पारित भए पछि नेपालमा रहेका ५८ वटा नगरपालिका र ३८ सय भन्दा बढी गाविसहरू लाई बालमैत्री स्थानीय शासन लागु गर्न सुरू गरिएको बारेमा जानकारी गराउनु भयो । त्यसै क्रममा नवलपरासीको प्रगतिनगर गाविस नेपालमा पहिलो बालमैत्री गाविस २०७० साल पौष ९ गते घोषण भएको प्रशिक्षक विष्णु प्रसाद चौबेले जानकारी गराउनु भएको थियोे ।
नेपालमा स्थानीय तह भए पछि नवलपरासीको सुनुवल नगरपालिका पहिलो बालमैत्री नगरपालिका घोषणा भएको हो। ७५३ स्थानीय तह मध्य १० नगरपालिका र २ वटा गाउँपालिका बालमैत्री स्थानीय तह घोषणा भएका छन। नेपालको संविधान २०७२को भाग ३ मा मौलिक हक र धारा ३९ को उपधारा १० वटामा बाल अधिकारका बारेमा उल्लेख गरिएको बताउनु भएको थियो । नेपाल सरकारले प्रतेक वर्ष भदौ २९ गते बाल दिवस बनाउदै आएको छ ।