शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिका स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन

गल्छी गाउँपालिका स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन

शिवराज आचार्य

४, कार्तिक २०७८
  • 11.7K
    SHARES
  • गल्छी गाउँपालिका स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन

    गल्छी । धादिङको गल्छी गाउँपालिका स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन समेत गर्नु भएको छ । समितिको अध्यक्षमा गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्षमा गाउँपालिका उपाध्यक्ष राधा तिम्लसिना, कार्यकारी अधिकृत, वडा अध्यक्ष लगायत ३० जनाको समिति गठन भएको छ।
    गल्छीमा बालमैत्री स्थानीय शासनका बारेमा अभिमुखिकरण कार्यक्रम आज विहिबार सम्पन्न भएको छ । जनप्रतिनिधि तथा सरोकारवालालाई बालमैत्री स्थानीय शासन नीतिगत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धि गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम कात्तिक ३ र ४ गते दुइ दिने कार्यक्रम आज बिहिबार सम्पन्न भएको हो । कार्यक्रममा बालमैत्री स्थानीय शासनको अबधारणा सम्बन्धि जानकारी गराईएको थियोे ।
    कार्यक्रम बालमैत्री स्थानिय शासन विज्ञ तथा प्रशिक्षक विष्णु प्रसाद चौबेले बिहिबार दास्रो दिन अर्थपूर्ण बाल सहभागीता,स्थानिय तहको योजना तर्जुमा प्रक्रिया र बालबालिकाका योजना, लगानी योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
    त्यसै गरी कार्यक्रममा प्रशिक्षक विष्णु प्रसाद चौबेले कागजात ब्यवस्थापनर प्रमाणिकरण,बाल वस्तुगत विवरण,सस्थागत संरचना र समिति गठनका बारेमा जानकारी गराउनु भएको हो । अभिमुखीकरण कार्यक्रममा पालिका अध्यक्षले सामुहिक प्रतिबद्धता सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - १९:१२:१४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology