शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगा सुरूङमार्गमा जग्गाको विवाद समाधान हुँदै

नागढुंगा सुरूङमार्गमा जग्गाको विवाद समाधान हुँदै

नागरिक पाटी

२५, कार्तिक २०७८
  • 3.8K
    SHARES
  • नागढुंगा सुरूङमार्गमा जग्गाको विवाद समाधान हुँदै

    नागढुंगा सुरूङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ। सडक यातायातमा नयाँ आयामका रूपमा रहेको सुरूङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रूपमा रहेको थियो। अरू विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाले जनाएको छ।

    images
    images

    आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबिनको क्रममा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो। त्यसबाहेक काठमाडौं जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ। समस्या भएका ठाउँमा शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुंग्याइने उहाँले बताउनुभयो।

    उहँले भन्नुभयो, ’भोलिको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुंगो लगाउनेछ।’खत्रीपौवा पहिरामा मात्र समस्या बाँकी रहेको प्रमुख शाक्यले बताउनुभयो।पहिराको अध्ययन, डिजाइन गरेर कति जग्गा थप लिनुपर्ने भनी टुङ्गाउनुपर्ने उहाँले बताउनुभयो।‘स्थानीयबासीले अध्ययन गर्न नदिएकाले जग्गा प्राप्त गर्नुपर्ने वा नपर्ने थाहा भएको छैन’, उहाँले भन्नुभयो, ’चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब हुनेछ।’

    जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण सुरू गरिएको छ।बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ सुरू भएको प्रमुख शाक्यले बताउनुभयो।त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुंगो लागेपछि निर्माण अघि बढाइनेछ।उहाँले भन्नुभयो,’अबको बैठकले बाँकी कुरा टुङ्गाएमा त्यहाँ पनि निर्माण अघि बढाइनेछ।’

    सुरूङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयबासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए। त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण अन्तिम चरणमा पुगेको छ। केही दिनमा नै घर–घरमा पाइप लगिने उहाँले बताउनुभयो।आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ।–रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०७८ बिहिवार - १८:५१:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology