शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

धादिङमा मतदाता नामावली संकलन अभियान जारी : १ हजार ४५९ जनाको नाम दर्ता

धादिङमा मतदाता नामावली संकलन अभियान जारी : १ हजार ४५९ जनाको नाम दर्ता

नागरिक पाटी

२१, मंसिर २०७८
  • 6.4K
    SHARES
  • धादिङमा मतदाता नामावली संकलन अभियान जारी : १ हजार ४५९ जनाको नाम दर्ता

    धादिङमा आजसम्म १ हजार ४५९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। शुक्रबारदेखी जिल्लामा पहिलो चरण अन्तरगत छ वटा स्थानिय तह रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनीबेशी नगरपालिका मतदाता नामावली संकलन कार्य जारी रहेको छ। शुक्रबार १४७, शनिबार २२०, आईतबार ५६३ जना र सोमबार ५२९ ले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

    images

    सोमबार गंगाजमुना गाउँपालिकामा ६६ जना, गजुरीमा ७२, ज्वालामुखीमा ५७, धुनिवेशी नगरपालिकामा ९६, रुवीभ्याली गाउँपालिकामा ७१ र सिद्धलेक गाउपालिकामा ६९,नीलकण्ठ नगरपालिकाको जिल्ला निर्वाचन कार्यालयबाट ५५ जना, प्रशासन कार्यालयबाट ४३ गरि ५ सय २९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।पहिलो चरणको कार्यक्रम २६ गतेसम्म संचालन हुने छ।

    यस्तै दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, थाक्रे, गल्छी, खनियाबास गाउँपालिकामा संचालन हुने छ।अहिलेसम्म छुटेका, नयाँ दर्ता गराउन र आ–आफ्नै स्थानीय तहको कार्यालयबाट मतदाता नामावली संकलन गर्ने भएकोले नेपाली नागरिकता प्राप्त गरेका नागरिकले समयमै दर्ता गराउन निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो ।

    यस्तै दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने उहाँले बताउनुभयो।निलकण्ठ नगरपालिकाको भने हरेक दिन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दर्ता भइरहेको छ।

    १६ बर्ष उमेर पुरा भएका नेपालि नागरिकहरुको नाम मतदाता नामावलीमा दर्ता गरिन्छ ।मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीय स्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - १८:३३:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology