शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२४, पौष २०७८
  • 7.4K
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा नौ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ६४ जनाको नमूना परीक्षण गर्दा नौ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा दुई सय ९७ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १४ हजार ६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाएनन् । अहिले नेपालमा ६ हजार एक सय ४० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

    यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार चार सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड ११ लाख ११ हजार जनाले पूर्ण मात्रा र एक करोड ५० लाख ३७ हजार जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - १७:०३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology