शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण

नागरिक पाटी

२९, पौष २०७८
  • 4.3K
    SHARES
  • भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण

    भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार चार सय १७ संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल पाँच हजार चार सय ८८ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रा लयले बिहीबार जानकारी दिएको छ ।

    images
    images

    भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एघार लाख १७ हजार पाँच सय ३१ रहेका छन् । गएको २४ घन्टामा भारतमा ८४ हजार आठ सय २५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार तीन सय ६१ जनालाई कोरोना संक्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९५।५९ प्रतिशत रहेको जनाइएको छ ।

    सोही अवधिमा थप तीन सय ८० को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८५ हजार ३५ पुगेको मन्त्रालयले जनाएको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - १४:५३:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology