बेनिघाट रोराङ । कालिका माध्यमिक विद्यालय बेनिघाटरोराङ वडा नं ८ बिदाङमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयबा बालबालिकाहरुको सिकाई उपलब्धि बृदि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको वडा नं ६,८ र १० का १९ बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

बेनिघाटरोराङ गाउँपालिका वडा नं ८ का वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष वीर बहादुर श्रेष्ठको अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको कालिका माध्यमिक बिद्यालय संचालन गर्ने क्रियाकलाप ,प्रक्रिया बजेटबारेमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठ ,सुमित्रा चेपाङ तथा कार्यकारी निर्देशक दामोदर अर्याल तथा चाईल्ड फण्ड जापान कार्यक्रम व्यवस्थापक बिर कुमार श्रेष्ठले चाइल्ड फण्ड जापानको संथागत जानकारी गराउनु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउनुको साथै बिद्यालयमा बालबालिका उपस्थिति दर बढाउनुको साथै गुणस्तरीय बालबालिका सिकाई उपलब्धि सुधारका लागि बिद्यालयका व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,शिक्षक तथा सरोकारवालाहरु आफ्नो काम कर्तव्य र उतरदयित्व जवाफदेही तथा जिम्मेवारी बोध सहित सहकार्य हुनु पर्ने चाईल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठले बताउनु भएको थियो ।
गुणस्तरीय शिक्षाको लगी बिद्यालय पनि योजनाबद्ध रुपमा लगनशील भएर लागि परिरहेकोले बिद्यालयमा शिक्षाका लागी आएका कार्यक्रमहरुसँग समन्वय र सहकार्य गर्न कालिका मा बि तयार रहेको बताउँदै सुधारका लागि गर्नुपर्ने कार्य गर्न बिद्यालयको तर्फबाट प्रधानाध्यापक गोपिकृष्ण दाहालले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा बेनिघाटरोराङ गा पा वडा नं ८ का वडाध्यक्ष वीर कुमार श्रेष्ठले प्रयास नेपाल धादिङ र चाईल्ड फण्ड जापानले वडा कार्यालय तथा बिद्यालय व्यवस्थापन समितिको समन्वयमा बिद्यालय शैक्षिक सुधारको लागि सहयोग गर्न लागेकोमा खुसी भएको र कार्यक्रम संचालनको क्रममा स्थानीय वडा कार्यलय र बिद्यालय तहबाट सक्दो सहयोग र साथ गर्ने प्रतिबद्धता गर्नु भएको प्रयास नेपाल धादिङका सहायक सुचना अधिकृत दिप्ति जोशीले जानकारी दिनु भयो ।
कालिका माध्यमिक बिद्यालय बिदाङका बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक अभिभावक संघका पदाधिकारी ,अभिभावक र शिक्षकहरु, चाईल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठ ,अधिकृत श्रीकान्त लुईटेल,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहित सुनौलो भबिष्यका लागि शिक्षा परियोजनाका कर्मचारीहरु लगायत २५ जनाको उपस्थिति रहेको बिदाङबाट प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनुभयो ।