काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । त्यस्तै, यस अवधिमा संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो। १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा यस अवधिमा ५३०६ जना संक्रमित थपिएका छन्। त्यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ।