शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलकोटगढीको कुमरीबाट धुनीवेशी ४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर अर्को बनाउन निर्देशन

बेलकोटगढीको कुमरीबाट धुनीवेशी ४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर अर्को बनाउन निर्देशन

नागरिक पाटी

२५, फाल्गुण २०७८
  • 8.4K
    SHARES
  • बेलकोटगढीको कुमरीबाट धुनीवेशी ४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर अर्को बनाउन निर्देशन

    नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो।

    images
    images

    विसं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुनरजयबाबारकाष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए।

    उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ। गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्न’ उल्लेख गरिएको छ।

    भत्काउनुपर्ने पुलको स्पान दूरी ३० मिटरको छ। ुगतवर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवाको प्रयोग र तोकिएको परिमाण भन्दा कम सिमेन्टको प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको छ।ु उनले भने,ुढलान गरिएको स्पानको डोरी तन्काउदा पड्किएसँगै पुल जोखिम बनेकाले त्यसलाई सुधार गर्न भने पनि अटेर गरेर थप निर्माण गरेसँगै भत्काएर अर्को बनाउन अहिले निर्देशन दिइएको हो।ु

    यसअघि मौखिक र पत्रमार्फत दिएको निर्देशनको अटेर गरेर निरन्तर पुल बनाएसँगै अहिले कुमरी–जीवनपुर सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा पर्‍याइएको छ। तोकिएको सम्झौता भन्दा विपरीत जोखिम संरचनाको पुल बनाएर सञ्चालनमा ल्याएसँगै यसबाट दुर्घटना हुनेसक्ने हुँदा अहिलेको संरचना जतिसक्दो चाँडो भत्काएर अर्को स्पान राख्न निर्माण व्यवसायीलाई भनिएको छ।

    ुदिइएको निर्देशनको पालना नगरे निर्माण व्यवसायीलाई कारबाही र ठेक्कासमेत रद्द हुने कानुनी व्यवस्था भएकाले त्यसतर्फ जान बाध्य हुन्छौँ।ु डिभिजन प्रमुख रिमालले भने। पुल निर्माणका लागि छ वर्ष अघि रु आठ करोड १४ लाखको ठेक्का लगाइएकामा निर्माण व्यवसायीले रु छ करोड २३ लाखमा बनाउने जिम्मेवारी पाएको थियो। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १९:२५:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology