शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिद्धलेकको कालिदह– कुम्पुर जोड्ने पक्की पुलको शिलान्यास

सिद्धलेकको कालिदह– कुम्पुर जोड्ने पक्की पुलको शिलान्यास

नागरिक पाटी

२७, फाल्गुण २०७८
  • 6.1K
    SHARES
  • सिद्धलेकको कालिदह– कुम्पुर जोड्ने पक्की पुलको शिलान्यास

    धादिङको सिद्धलेक गाउँपालिका–१ कालिदह र सिद्धलेक–१ कुम्पुर जोड्ने मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ। थोपलखोलामाथी बन्न लागेको पुलको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गर्नुभएको हो।

    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विकास निर्माणको काम जति छिटो सम्पन्न गर्न सकियो त्यतिनै छिटो स्थानीयले लाभ लिन सक्ने भन्दै पुल निर्माण छिटो सक्न आग्रह गर्नुभयो।

    त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेले थोपलखोलामाथी बनेको पुलले गाउँगाउँमा विकासले फड्को मार्ने बताउनुभयो।

    भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालयको आर्थिक सहयोगमा निर्माणको लागि सूर्य कन्ट्रक्सनले ४ करोड ६१ लाखमा ठेक्का पाएको उक्त ३० मिटर लामो पुल आगामी १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।

    पुल निर्माण पश्चात कालिदहबाट सुकौरा, चाँपखोला, बागबच्छला मन्दिर घुमेर परेवाटर झर्न सकिन्छ भने सुकौराबेसी मस्र्याङछाप हुँदै सुनौलाबजारबाट झर्न सकिने स्थानियले बताएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - १८:३६:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology