धादिङ । सम्बन्धित विषयको ज्ञान र सीप विनाका श्रमिकहरूबाट औद्योगिक उत्पादन बढाउन सकिदैन । उद्योगलाई आवश्यक पर्ने दक्ष मजदुर विदेशबाट ल्याउनु अवस्थाको अन्त्य गर्न र औद्योगिक तथा दक्ष श्रमिक उत्पादन गर्न औद्योगिक शिक्षा आवश्यक भएको बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताए ।
धादिङ उद्योग वाणिज्य संघको २८ साधारणसभा तथा १०औं अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै वागमती प्रदेश सरकारले औद्योगिक शिक्षाको कार्यक्रम अघि सारेको र चितवन उद्योग वाणिज्य संघलाई पाठ्यक्रम तयार गर्न बजेट निकासा गरेको बताए । उद्योगमा काम गर्नेले अनिर्वाय कम्तिमा तीन महिने कक्षा लिनु पर्ने व्यवस्था भएपछि श्रमिकले ज्ञान सीप सहित काम गर्ने हुदाँ उत्पादन बढाउन सकिन्छ । विदेशबाट श्रमिक कमभन्दा ल्याएपुग्ने मुख्य मन्त्री पाण्डेले बताए । अहिले नेपाली श्रमिक भारतमा २८ हजार छन् । तीअदक्ष श्रमिकले माएर जति नेपाल पठाउँछन् । भारतबाट आएका आठ लाख दक्ष श्रमिकले सवै फिर्ता लान्छन् । हाम्रा २० लाख मानिसहरूको श्रम यतिकै खेर गएको छ । खाडी मुलुकबाट अदक्ष श्रमिकहरूले नौ खवर पठाँउछन् ।
दक्ष बनाएर पठाउन सकेको भए त्यो भन्दा धेरै आउँथ्यो । हस्तकलामा १२ लाख मानिसले रोजगारी गरेर आठ अरवको कारोबार गर्छन् । खुला विश्वविद्यालयबाट सीप प्रमाणीकरण गरेर स्नाकोत्तरसम्मको प्रमाणपत्र दिने व्यवस्था छ । सीप परिक्षण गरेर विश्व विद्यालयबाट प्रमाणपत्र लिएपछि उ शैक्षिक प्रमाण पत्रवाला हुन्छ । जहाँ गएरपनि रोजगारी गर्न सक्षम हुन्छ मुख्य मन्त्रि पाण्डे बताए ।
बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको छ । बागमती प्रदेशभित्र रहेका चार औद्योगिक क्षेत्र वालाजु, पाटन, भक्तपुर र हेटौंडा प्रदेश सरकार मातहतमा ल्याउन प्रधानमनत्री शेरबहादुर देउवासँग छलफल चलाएको छ । ती औद्योगिक क्षेत्र चलाउन जिम्मा बागमती प्रदेश सरकारले पाए देखि सवै भन्दा पहिला कपडा उद्योग सञ्चालन गरिने छ । सबै सरकारी सेवा सुविधा लिने कर्मचारी तथा राजनीति नियुक्त र जनप्रतिनिधिहरूलाई अनिर्वाय पोशाक नेपाली उत्पादन लगाउनु पर्ने व्यवस्था गरेपछि पैसा विदेश जानबाट रोकिन्छ । औद्योगिक क्षेत्र बागमती प्रदेश सरकारले पाए २० हजार मानिसलाई रोजगारी दिने मुख्य मन्त्री पाण्डेले बताए ।
अहिले बागमती प्रदेशमा १४ हजार उद्योग कागमा दताृ छन् । कति सञ्चालन छन् वा कुन अवस्थामा छन् कुनै तथ्यांक छैन । न उद्योगी व्यवासायीले उद्योग क्षेत्रको सवालमा छलफल नै चलाएका छन् । नेतृत्व लिन हान्थाप गर्छन । उद्योग सञ्चालनको सवास्या वा सवाल के हो छलफल भएको जानकारी पाएको छैन । अरुको सामान मात्र व्यापार गर्ने भए नामबाट उद्योग हटाएर व्यापार संघ राख्न सुझाव दिँदै उद्योग स्थापना गर्न वा सञ्चालन गर्न देखापरेका समस्या वा सवालहरू लिएर छलफल गर्न आउन आग्रहसमेत गरे ।
अहिले डलर सएिसकेकाले पेट्रोलियम पर्दाथ खरिद गर्न सक्ने अवस्था छैन । नेपाली उत्पादन निर्यात गनैृ गरि नयाँ उत्पादन नगर्ने हो भने व्यापार घाटा बढ्दै जान्छ । उद्योग वाणिज्य संघ भाषण गर्ने संस्था हुनु हुदैन । यो संघको काम सवाल पहचिान गर्ने, समाधानका लागि पहल गर्ने, आवश्यक परे धर्नाजुलुस गर्ने र जसरी हो उत्पादन बढाउने काम संस्था हो । उद्योग चल्दा कच्चा पदार्थ उत्पादक, श्रमिक, उत्पादक विक्रेता सवैको हित हुन्छ । धादिङ जिल्लामा इन्जेक्सन उद्योग सञ्चालन जानकारी दिँदै सक्षम नेतृत्व सर्वसहमतिमा चयन गरेर व्यवसायी हितमा काम गर्न मुख्यमन्त्री पाण्डेले शुभकामना दिए । अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठको विषेश आतिथ्यता थियो ।