आगामी स्थानीय तहको निर्वाचनमा देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ। मतगणनास्थलमा सीसीटिभी क्यामेरा राख्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै पालिकाहरुलाई अनुरोध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले आफूहरुले गरेको अनुरोधको सूचना प्राप्त भएको बताए। विभिन्न पालिकाहरुमा सीसीटिभी क्यामेरा जोड्दै गरेको, कतिपय पालिकाहरुले जिज्ञासा राखेको पनि उनले बताए। पूर्ण विवरण प्राप्त नभएको भए पनि आफूहरुलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए।