शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

नागरिक पाटी

१८, चैत्र २०७८
  • 6.0K
    SHARES
  • यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

    सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौदेखि रहँदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए।

    images
    images

    उनले भारत भ्रमण मुलुकको हितमा भ्रमण केन्द्रीत रहने पनि बताए । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।त्यस्तै, बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहूँच मार्ग अन्तर्गत छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ ।

    भने विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

    बैठकले उत्पादनमूलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    त्यस्तै, बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने र गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    277418398_646895429944063_2386645043008382154_n.jpg

    277433324_871677917556284_2985883417087564498_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - १२:४९:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology