शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उम्मेदवारहरुले आज चुनाव चिह्न पाउने

उम्मेदवारहरुले आज चुनाव चिह्न पाउने

नागरिक पाटी

१७, बैशाख २०७९
  • 5.6K
    SHARES
  • उम्मेदवारहरुले आज चुनाव चिह्न पाउने

    निर्वाचन आयोगले पालिका चुनावका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । चुनावी कार्यतालिका अनुसार आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

    images
    images

    आयोगमा पालिका चुनावका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ ।

    उम्मेदवारले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनुअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् । आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् ।

    वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई हिजो बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - १०:४४:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology