जिल्लामा रहेकोे २ लाख ६८ हजार ४७२ मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्बाचन कार्यालय धादिङले बताएको छ । केही मतदान केन्द्रमा सामान्य विवाद र धकेलाधकेल भएको भएपनि तत्कालै स्थानीय नेताहरुको समन्वयमा उत्पन्न विवाद समाधान गरेर मतदान सम्पन्न गराइएको निर्वाचन कार्यालयले जनाएको छ ।
बेनिघाट रोराङ गाउँपालिकामा कति मत खस्यो ?
२१ हजार ५५ मतदाता रहेको वेनिघाट रोराङ गाउँपालिकामा १५ हजार ९ सय ६७ मत खसेको छ । वडा नं १ मा १ हजार १ सय ४७, वडा नं २ मा २ हजार ७४, वडा नं ३ मा १ हजार ८ सय ७७ र वडा नं ४ मा १ हजार ४ सय ४१ मत खसेको छ ।
त्यस्तै वडा नं ५ मा १ हजार ९ सय ५६, वडा नं ६ मा १ हजार २ सय ११, वडा नं ७ मा १ हजार ३ सय ४२, वडा नं ८ मा १ हजार १ सय १७, वडा नं ९ मा १ हजार ६ सय ८४ र वडा नं १० मा २ हजार १ सय १८ मत खसेको छ ।