शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फोस्टर परियोजनाले दियो अगुवा कृषकका लागि ५ दिने तालिम

फोस्टर परियोजनाले दियो अगुवा कृषकका लागि ५ दिने तालिम

शिवराज आचार्य

१२, भाद्र २०७९
  • 4.3K
    SHARES
  • फोस्टर परियोजनाले दियो अगुवा कृषकका लागि ५ दिने तालिम

    धादिङ जिल्लाका ४ वटा पालिकाहरुमा क्यानेडियन फुड ग्रेन बैंक र आड्रा क्यानडाको आर्थिक सहयोगमा आड्रा नेपाल र रिम्स नेपालको साझेदारीमा सञ्चालित खाद्य सुरक्षा परियोजना (फोस्टर) को दोश्रो चरणको कार्यक्रम अन्तरगत गठन भएको अगुवा कृषकका लागि कृषक पाठशाला सहजकर्ता तालिम सम्पन्न भएको छ ।

    images
    images

    Cover Photo.jpg

    श्रावण महिनाको २१ गते देखी भदौ महिनाको १२ गते सम्म सम्म गल्छी गाउँपालिका ६ स्थति रिम्स नेपाल श्रोत केन्द्रमा सञ्चालन भएको तालिममा पशु पालन र कृषि समहका ४०÷४० गरि ८० जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो ।
    कृषि र पशुपालन समुहका लागि ५÷५ दिन सञ्चालन भएको तालिमलाई एउटा समुहमा २० जना कृषकको दरले ४ समुहमा विभाजन गरिएको थियो ।

    301984883_2630476993753857_5372607662015162317_n.jpg

    वरिष्ठ बालि संरक्षण अधिकृत यम प्रसाद पौडेलले मुख्य प्रशिक्षककारुपमा सहजीकरण गर्नुभएको तालिममा कृषि समुह अन्तरगत तरकारी वालिको रोग किरा पहिचान तथा व्यवस्थापन, बिरुवाको बृद्धि अवस्था, विरुवाको औषत उत्पादन विश्लेषण, कृषि पर्यावरणीय विश्लेषणका साथै मलखा दव्यवस्थापन, अम्लिीयपना मापन, परम्परागत कृषि र सुधारिएको कृषि प्रणाली अवलम्वन गर्दा उत्पादनमा देखिने फरकको तुलनात्मक अध्ययन लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।

    299120103_2622334697901420_6020142341737298526_n.jpg

    पशुपालक अगुवा कृषकहरुलाई प्रदान गरिएको तालिममा आहारा व्यवस्थापन, प्रजनन व्यवस्थापन, खोर गोठ व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन लगायतका विषयलाई प्राथमिकता दिइएको थियो ।

    कृषक समुहका लागि प्रदानगरिएको तालिममा सहभागीहरुलाई व्यवसायिक तरिकाले सञ्चालन गरिएको कृषि फार्मको भ्रमण गराउने क्रममा धुनिबेशी नगरपालिका वडा नं ५ मा रहेको धादिङ कृषि तथा पशुपन्छी फार्मको अध्ययन अवलोकान भ्रमण पनि गरेकाइएको थियो भने पशुपालक कृषकहरुका लागि मेगा कृषिफार्म र बागमती गोट सिड फार्मको भ्रमण गराईको थियो ।

    297605425_2615580231910200_8472397943466091074_n.jpg

    स्थलगत भ्रमण, प्रयोगात्मक सिकाई पद्धति लगायतका कारण सहभागी कृषकहरुले सिकाई प्रभावकारी रहेको बताएका छन् । थाक्रे गाउँपालिका वडा नं ८ का कृषक विश्वराज थापाले आफुले सामान्य तरिकाले बाख्रापालेको र फोस्टर परियोजनाको समुहमा आवद्ध भएपछि सुधारिएको खोर निमाण गरि बाख्रापालन गर्न सुरु गरेको बताउनु भयो ।

    field.jpg

    त्यस्तै गजुरी गाउँपालिका वडा नं ७ कृषक सबिन मगरले फोस्टर परियोजनाले प्रदान गरेको बाख्रा पालन समवन्धी कृषक पाठशालामा उपस्थित भएपछि व्यवसायिक बाख्रापालन गर्ने हिम्मत बढेको बताउँदै बाख्रा पालेरै स्नातक सम्मको अध्ययन गर्ने योजना बनाएको बताउनु भयो ।
    धुनिबेशी नगरपालिका वडा नं ७ लिखुका कृषक मानसिङ तामाङ् ले फोस्टर परियोजना अन्तरगत गठन भएको कृषक समहमा आवद्ध भपछि गाउँमा व्यवासायिक कृषिको विकासका लागि कृषकहरु लागि परेको बताउनु भयो ।

    299732214_2620769844724572_7475221296785340445_n.jpg

    फोस्टर परियोजनाको दातृ संस्था आड्रा नेपालका परियोजना संयोजक सुरज आचार्यले फोस्टर परियोजनाको दोश्रो चरणको कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालनगर्न संस्था प्रतिवद्ध रहेको बताउनु भयो ।

    फोस्टर परियोजनाका परियोजना संयोजक पुरन्जन सापकोटाले तालिममा सहभागीहरुलाई धन्यवाद दिदै परियोजनाको उद्देश्य प्राप्तीका लागि अगुवा कृषकको महत्वपूर्ण भुमिका हुने भएकाल गाउँमा संचालन हुने कृषक पाठशालामा सक्रिय भएर लाग्न आग्रह गर्नु भयो ।

    297802005_2613566778778212_5140325417820200777_n.jpg

    फोस्टर परियोजनाको दोश्रो चरणको कार्यक्रम अन्तरगत गठन भएको समुहका अगुवा कृषककहरुको लागि सञ्चालन भएको तालिमका सहभागी कृषकहरुका लागि तरकारीको विउविजन, पशुवस्तुको तापक्रम नाप्ने थर्मोमिटर, नापलिने फित्ता समेत वितरण गरिएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - १९:२३:५२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology