हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे शैक्षिक अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको छ । सोमबार भएको मन्त्री परिषदको बैठकले हेटौँडा अस्पताललाई प्रतिष्ठान अन्र्तगतको शैक्षिक अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको हो ।
बैठकले तामाङ तथा नेवारी भाषलाई बागमती प्रदेशको कामकाजी भाषा बनाउने निर्णय पनि गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले बताए ।
बैठकले प्रदेश औद्योगिक व्यवसायी नियमावली–२०७९ स्वीकृत गरेको उनको भनाई थियो । बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश–२०७९ स्वीकृत गरिनुका साथै गतवर्ष २०७८÷०७९ मा विनियोजित रकम सर्भर डाउन भएकाले रोकिएको भुक्तानी दिने निर्णय भएको मन्त्री खनालले बताए ।