शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह

बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह

नागरिक पाटी

४, आषाढ २०८०
  • 5.8K
    SHARES
  • बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिए ।

    images
    images

    रु दुई खर्ब ६० अर्ब लाग्ने सो आयोजना धादिङ र गोरखाको सिमानामा छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० सकिएको छ ।

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन पनि माग गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - २०:०१:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology